०३ साउन २०८३, आइतबार

दक्षिणकालीस्थित थाई गुम्बाको पर्खाल भत्कियो, पुरिएका ६ बालबालिकाको उद्धार

असार २८, २०८१
काठमाडौं
दक्षिणकालीस्थित थाई गुम्बाको पर्खाल भत्कियो, पुरिएका ६ बालबालिकाको उद्धार

काठमाडौंको दक्षिणकाली नगरपालिका- ५ थाई गुम्बा नजिकैको पर्खाल भत्किँदा पुरिएका ६ बालबालिकाको उद्धार गरिएको छ ।

शुक्रबार दिउँसो ३ बजेर ५० मिनेटको समयमा पर्खाल भत्किँदा उक्त गुम्बामा बस्ने ६ जना पुरिएका थिए ।

पर्खाल भत्किएलगत्तै इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षकसहितको टोलीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्धार गरेर वयोधा अस्पताल बल्खुमा उपचारका लागि पठाएको छ ।

उद्धार गरेर उपचारका लागि पठाइएका मध्ये एक जनाको मृत्यु भएको छ । 

सिन्धुपाल्चोकका पल्जोम तामाङको मनमोहन स्मृति अस्पताल फर्पिङमा उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्