०४ साउन २०८३, सोमबार
विश्वासको मतको श्रृंखला

पहिलोपटक झण्डै शतप्रतिशत विश्वासको मत पाएका प्रचण्ड ६३ मा झरेर बाहिरिए

असार २८, २०८१
काठमाडौं
पहिलोपटक झण्डै शतप्रतिशत विश्वासको मत पाएका प्रचण्ड ६३ मा झरेर बाहिरिए

तेस्रो दलका रूपमा प्रधानमन्त्री बनेर चारपटकसम्म विश्वासको मत पाए पनि पाँचौ पटकमा भने पुष्पकमल दाहाल प्रचण्ड चुकेका छन् । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने समझदारीपछि शुक्रबार प्रचण्ड विश्वासको मत लिन असफल रहे ।

उपस्थित २५८ सांसदमध्ये प्रचण्डले जम्मा ६३ सांसदको मात्रै समर्थन पाए । जबकी उनको प्रस्तावको विपक्षमा १९४ मत पर्‍यो । प्रचण्डले विश्वासको मत नपाएसँगै अब कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ । 

प्रचण्डले माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीको १० गरी ६३ सांसदको मात्रै समर्थन पाएका हुन् । 

कांग्रेससँग गठबन्धन गरेर २०७९ को चुनाव लडेका माओवादी अध्यक्ष प्रचण्ड गत वर्षको पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस २६ गते कांग्रेसहितका लगभग सबै दलको गरी २७५ मध्ये २६८ सांसदको विश्वासको मत पाउन उनी सफल भएका थिए । 

तर, केही महिना नबित्दै माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गर्यो । यसपछि एमाले भड्किएर सरकारबाट बाहिरिएको थियो । यसैले २०७९ चैत ६ गते प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिए । चैत ६ मा उनले १७२ सांसदको समर्थन पाए ।

प्रचण्ड कांग्रेससँग पनि एक बढी अडिएनन् । प्रचण्ड २०८० फागुन २१ गते कांग्रेस छोडेर एमालेसँग मिल्न पुगे । कांग्रेसले एक वर्ष थप प्रधानमन्त्री बन्ने आश्वासन दिने, मन्त्री फेरबदल गर्न तयार रहेको औपचारिक निर्णय गरे पनि प्रचण्ड रोकिएनन् ।

null

एमालेसँग मिलेपछि गत फागुन ३० गते प्रचण्डले तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिखेर प्रचण्डले १५७ सांसदको समर्थन जुटाएका थिए । तर, उनले विश्वासको मत लिने श्रृंखला यत्तिमै रोकिएन । एमालेसँग मिलेर जसपा नेपाल फुटाएपछि प्रचण्डले फेरि विश्वासको मत लिनुपर्‍यो । 

गत जेठ ७ गते पुनः विश्वासको मत लिँदा उनले पहिलेजस्तै फेरि पनि १५७ सांसदको विश्वासको मत पाएका थिए । 

तर, तेस्रो दलका रूपमा दुई ठूला दलसँगको आलापालोमा प्रधानमन्त्री बन्दै डेढ वर्षमा चारपटक विश्वासको मत लिए । तर, सरकार स्थिर हुन सकेन । 

दुवैले पटकपटक धोका पाएको बुझाइपछि गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरे । तर, चारपटक सफलता हात पारेका प्रचण्ड यसपटक चुक्न पुगेका छन् । 

पहिलोपटक शतप्रतिशतजस्तो विश्वासपछि डेढ वर्षमा पाँचौ पटकसम्म आइपुग्दा प्रचण्डले माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सहितको जम्मा मत पाएका हुन् । 

पछिल्लो ९ वर्ष माओवादी कहिले आफैं नेतृत्व गर्ने, कहिले कांग्रेस त कहिले एमाले नेतृत्वमा सरकारमा रहँदै आएको थियो । तर, दुई ठूला दल नै एक आपसमा मिलेपछि माओवादी लामो समयपछि प्रतिपक्षी बन्ने स्थितिमा पुगेको हो । 

साना दलको बार्गेनिङ धेरै हुँदा केन्द्र र प्रदेशमा अस्थिरता आएको भन्दै कांग्रेस र एमालेले आफूहरू मिल्नुपरेको दाबी गर्दै आएका छन् । उनीहरूले राजनीतिक स्थिरता दिने, अर्थतन्त्र सुधार्ने, नागरिकलाई डेलिभरी दिने, संविधान शंसोधन गरेर निर्वाचन प्रणालीलाई बलियो बनाउने दाबी गरेका छन् । 

गत असार १७ गते यी दुई दलले गरेको सहमतिअनुसार अबको दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् । 

दुई दलबीच मन्त्रालयमा ५०/५० प्रतिशत भागबन्डा गर्ने समझदारी बनेको थियो । तर, सरकारलाई समर्थन गर्ने साना दललाई पनि समेट्ने उनीहरूको तयारीपछि उनीहरूले पाउने संख्या केही घट्ने देखिएको छ । सरकारमा अर्थ एमाले र गृह नेपाली कांग्रेसले लिने समझदारी भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्