३१ असार २०८३, बुधबार

सरकारको दाबी पेश गर्न आजै राष्ट्रपति कार्यालय जान्छौं : डा. महत

असार २८, २०८१
काठमाडौं
सरकारको दाबी पेश गर्न आजै राष्ट्रपति कार्यालय जान्छौं : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ सरकारको दाबी पेश गर्न आजै राष्ट्रपति कार्यालय जाने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत नपाएर पदमुक्त भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै डाक्टर महतले उक्त कुरा बताएका हुन्। 

भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे अन्योलता देखिएको छ ।

त्यसका लागि परामर्श लिन राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग छलफल गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबीच सहमति भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्