नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिले ७६ (२) अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान गर्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले संवैधानिक प्रावधानअनुसार नै ७६(२) बाटै नयाँ सरकार बन्ने उनले बताए ।
७६(२) का प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि पुनः ७६(२) कै गठन हुने उनको दाबी छ।
संसद्मा विश्वासको मत नपाएपछि प्रचण्ड आजै पदमुक्त भएका हुन् । अब आजै नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी छ ।