२९ असार २०८३, सोमबार
नयाँ सरकार गठन प्रक्रिया

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पत्रमा देउवाले गरे हस्ताक्षर

असार २८, २०८१
काठमाडौं
ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पत्रमा देउवाले गरे हस्ताक्षर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणमा दाबी गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

नयाँ सरकारको गठनको लागि दाबी गर्न शुक्रबार साँझ दुई नेताले हस्ताक्षर गरेका हुन् । 

कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको थियो । सो समझदारीअनुसार ओली पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको डेढ वर्ष देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार विश्वासको मत पाएका थिएनन् ।

प्रचण्डले गरेको विश्वासको मतको प्रस्तावमा जम्मा ६३ मत परेको थियो ।

तर विपक्षमा दुई तिहाइ अर्थात १९४ सांसदले मत दिएका थिए ।

अब राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेपछि सरकारमा दाबी गर्ने तयारी दुवै दलले गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्