०८ असार २०८३, सोमबार

जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

असार २८, २०८१
काठमाडौं
जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

जनमत पार्टीले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता एवं डा शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनसँग आग्रह गरे।

“नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान करिब ३ः३० बजे त्रिशूली नदीमा खस्दा ५० जनाभन्दा बढी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोसँगै डुबानमा परी भएको ठूलो जनधनप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्