२३ असार २०८३, मंगलबार

अधिकांश प्रदेशमा बिहानैदेखि वर्षा

असार २९, २०८१
काठमाडौं
अधिकांश प्रदेशमा बिहानैदेखि वर्षा
फाइल तस्वीर ।

देशका अधिकांश प्रदेशमा शनिवार बिहानेदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । 

गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।’ 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको पाइएको छ । 

शनिवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशका अधिकांश ठाउँमा मेघ गर्जन–चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ । 

‘कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्