२२ असार २०८३, सोमबार

ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्दा साना दललाई समेटिएन

असार २९, २०८१
काठमाडौं
ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्दा साना दललाई समेटिएन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई समेटिएन । शुक्रबार राति ओलीले कांग्रेस र आफ्ना दलका सांसदको मात्रै समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । 

दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । ओलीले आफ्नो पक्षमा बहुमत सांसद रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिलाई पत्र बुझाएका हुन् । 

कांग्रेस र एमालेको गठबन्धनमा राप्रपा, जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दल छन् । तर, उनले सरकार निर्माणको प्रक्रियामा कांग्रेसको मात्रै साथ लिएका हुन् ।

साना दल अस्थिर रहने तथा उनीहरु सरकारबाट बाहिरिँदा फेरि विश्वासको मत लिनुपर्ने जस्ता झन्झट हुने कारण ओलीले कांग्रेसको मात्रै साथ लिएर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएको एक नेताले जानकारी दिए । 

ओली प्रधानमन्त्रीमा शुक्रबार नियुक्त हुने र सोही दिन शपथ हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्