१० साउन २०८३, आइतबार
नेता नै असुरक्षित

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

असार ३०, २०८१
काठमाडौं
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन् ।

ट्रम्पको अनुहारमा गोली लागेको तस्वीरमा देख्न सकिन्छ । अमेरिकाको पेन्सिल्वेनियामा नेपाली समयअनुसार आइतवार भएको एक र्‍यालीमा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।

ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो । 

गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए । 

गोली लागेका ट्रम्पको अवस्था सामान्य रहेको बीबीसी हिन्दीले जनाएको छ । 

गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्