
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज (आइतवार) प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएलगत्तै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । संविधानको धारा ७६ (२) अनुसार बहुमत दावी गर्न आइतवार साझ ५ बजेसम्मको समय दिइएको छ ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै शुक्रवार नै नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए ।
आइतवार साँझ प्रधानमन्त्री नियुक्त हुने र सोमवार बिहान ११ बजेको शथपको समय तय भएको शीतलनिवास स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीले सोमवार नै शपथ गर्नेगरी तयारी भएको छ ।