०१ असार २०८३, सोमबार

अवरुद्ध कर्णाली करिडोर खुल्यो

असार ३०, २०८१
कालीकोट
अवरुद्ध कर्णाली करिडोर खुल्यो

कालीकोटमा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालनमा आएको छ । ​

करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।

शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए।

'लेदोसहित आएको पहिरोले शनिबारदेखि राजमार्ग अवरुद्ध भएको थियो,' उनले भने, 'डोजर लगाएर प्रहरी र स्थानीयको पहलमा आज पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।'

कर्णाली करिडोरमा वर्षायाममा बाढीपहिरोका निकै जोखिम हुने भएकाले उक्त राजमार्ग भएर सञ्चालित सवारीसाधनलाई राति सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्