
सोमबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक फेरि सरेको छ ।
यसअघि आइतबार बस्ने बैठक सोमबार दिउँसो १ बजेलाई सारिएको थियो । अब प्रतिनिधि सभा बैठक सोमबार दिउँसो ४ बजे बस्ने छ ।
‘विशेष कारणबस’ बैठक सारिएको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी आइतबार अपराह्न १:१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११:३० बजे बस्नेगरी तय भएको सचिवालयले जनाएको छ ।