२१ जेठ २०८३, बिहीबार

बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई जसपा नेपालको आग्रह

असार ३०, २०८१
काठमाडौं
बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई जसपा नेपालको आग्रह

जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्‌मा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । 

उनले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरेका छन् ।

साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भ्रातृ सङ्गठनलाई आग्रह पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्