२५ जेठ २०८३, सोमबार

भारतको बाल्मिकी नहरमा २ वटा शव फेला, पहिचान गर्न नेपाली सुरक्षाकर्मीको टोली जाँदै

असार ३०, २०८१
काठमाडौं
भारतको बाल्मिकी नहरमा २ वटा शव फेला, पहिचान गर्न नेपाली सुरक्षाकर्मीको टोली जाँदै

पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको बाल्मिकी नहरमा २ वटा पुरुष व्यक्तिको शव फेला परेको छ ।​ शवको पहिचान हुन बाँकी छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार उक्त शवको विषयमा सहजीकरण तथा समन्वयको लागि  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट टोली खटिएको छ ।

त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको थापाले बताए ।

उक्त शव आइतबार बेलुकी ५:४० मा फेला परेको हो ।

​चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका बसमा सवार यात्रुको शव भएको अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्