२९ असार २०८३, सोमबार

किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन आग्रह

असार ३१, २०८१
काठमाडौं
किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन आग्रह

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ । 

२०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्राधिकरणले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । 
तर, उद्योगीहरुले भने प्राधिकरणले जबरजस्ती गरेको भन्दै विरोध गर्दै आएका छन् । 

कमेन्ट गर्नुहोस्