नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । एमाले उच्च स्रोतका अनुसार उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले सम्हाल्नेछन् ।
पृथ्वीसुब्बा गुरुङलाई सञ्चार मन्त्रालय दिने टुंगो लागेको एमाले उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार विद्या भट्टराई शिक्षा मन्त्री बन्दैछिन् ।
यसैगरी एमालेबाट दामोदर भण्डारी उद्योग मन्त्री, राजकुमार गुप्ता सामान्य प्रशासन र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने भएका छन् । देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्ने छन् ।
एमालेको भागमा अर्थसहित सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।
यसैगरी कांग्रेसको भागमा गृहसहित परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम छ ।
यसअघि राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।
कांग्रेसभित्र भने भागबन्डामा विवाद देखिएको छ । संस्थापन इतर समूहले सरकारमा सहभागिताका लागि आफ्नो समूहले ४ वटा मन्त्रालय पाउनु पर्ने अडान राखेको छ । तर, देउवा सो संख्यामा इतर पक्षलाई मन्त्री दिन तयार छैनन् । यद्यपि सहमतिको प्रयास जारी रहेको नेताहरूको भनाइ छ ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम छ ।
यसअघि राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।
* यसअघि यही समाचारमा एमालेबाट मन्त्री बन्ने भनेर केहीको नाम अन्यथा परेकोले सच्याइएको छ । सं