०२ साउन २०८३, शनिबार
नयाँ सरकार

यो हो एमालेबाट मन्त्री हुनेको अन्तिम सूची

असार ३१, २०८१
काठमाडौं
यो हो एमालेबाट मन्त्री हुनेको अन्तिम सूची

नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । एमाले उच्च स्रोतका अनुसार उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले सम्हाल्नेछन् ।

पृथ्वीसुब्बा गुरुङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालय दिने टुंगो लागेको एमाले उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दैछिन् ।

यसैगरी एमालेबाट दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने भएका छन् । देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने छन् भने मानविर राई रक्षा मन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार कांग्रेसको भागमा गृहसहित परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् । कांग्रेसले मन्त्री बन्नेको अन्तिम टुंगो लगाई सकेको छैन ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम छ । 

यसअघि राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 

ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।

हेर्नुहोस् एमालेबाट मन्त्री बन्नेहरूको सूची

१ ​उपप्रधानसहित अर्थमन्त्री :विष्णु पौडेल

२ सूचना प्रविधि तथा सञ्चार मन्त्री : पृथ्वीसुब्बा गुरुङ

३ उद्योग वाणिज्य तथा आपूर्ति​ मन्त्री : दामोदर भण्डारी

४ संघीय मामिला तथा सामान्य प्रशासन​ मन्त्री : राजकुमार गुप्ता

५ भूमि व्यवस्था, सहकारी तथा गरिबी​ मन्त्री : बलराम अधिकारी

६ भौतिक पूर्वाधार तथा यातायात मन्त्री : देवेन्द्र दाहाल

७ रक्षा मन्त्री : मानविर राई

८ शिक्षा, विज्ञान तथा प्रविधि :विद्या भट्टराई

salt training

कमेन्ट गर्नुहोस्