
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोह शुरू भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमवार बिहान शपथ शुरू भएको हो । विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको शपथ गराउँदैछन् ।
समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू, नेपालस्थित कूटनीतिक नियोगमा प्रतिनिधि शपथ समारोहमा सहभागी छन् ।
एमाले संसदीय दलका नेता ओली आइतवार प्रधानमन्त्री नियुक्त भएका थिए । शपथलगत्तै ओलीले सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी छ ।