२३ असार २०८३, मंगलबार

ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री

असार ३१, २०८१
काठमाडौं
ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा दुईजना उपप्रधानमन्त्री बनेका छन् । प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्रीको शपथ लिएका हुन् । 

ओली सरकारमा कांग्रेसबाट सिंहले उपप्रधान तथा सहरी विकासमन्त्रीको शपथ लिएका छन् । 

त्यस्तै एमालेबाट उपप्रधान एवं अर्थमन्त्रीको रुपमा  पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

सोमबार शीतलनिवासमा आयोजित कार्यक्रमका प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए । 

लगत्तै राष्ट्रपति पौडेलले दुई उपप्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यी दुवै यसअघि पनि उपप्रधानमन्त्री भइसकेका नेता हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्