२१ जेठ २०८३, बिहीबार

पहिलोपटक मन्त्री बनेकी आरजुलाई मन्त्रिपरिषद्‌मा सातौं वरीयता

असार ३१, २०८१
काठमाडौं
पहिलोपटक मन्त्री बनेकी आरजुलाई मन्त्रिपरिषद्‌मा सातौं वरीयता
फाइल फोटो

पहिलोपटक मन्त्री बनेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा राणालाई मन्त्रिपरिषद्‌मा सातौं वरीयता दिइएको छ ।

प्रधानमन्त्री कपी शर्मा ओली सरकारमा परराष्ट्र मन्त्री बनेकी देउवाले सातौं वरीयता पाएकी हुन् । दोस्रो वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह, तेस्रोमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल छन् ।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी पछि आरजु छिन् ।

यसअघि मन्त्री बनिसकेका कतिपय मन्त्रीलाई आरजु पछिको वरीयता दिइएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजु प्रतिनिधि सभामा समानुपातिक सदस्य हुन् ।

यसअघि उनी कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति बनेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्