२९ जेठ २०८३, शुक्रबार

जनताको चाहनाअनुसारको शहर बनाउँछु : शहरी विकासमन्त्री सिंह

असार ३१, २०८१
काठमाडौं
जनताको चाहनाअनुसारको शहर बनाउँछु : शहरी विकासमन्त्री सिंह

नवनियुक्त शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसारको आधुनिक शहर बनाउने बताएका छन् ।​

सिंहदरबारस्थित कार्यालयमा पदभार सम्हाल्दै सिंहले आधुनिक शहर बनाउन मन्त्रालयले दिएको सीमाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

‘जनताको चाहना आधुनिक र सुविधासम्पन्न, व्यवस्थित शहरको छ,’ सिंहले भने, ‘मन्त्रालयले दिएको सीमाभित्र रहेर जनताको चाहनाअनुसारको शहर बनाउने काममा लाग्छु ।’

साथै उनले जनताले परिवर्तन र स्थिरता खोजेको भन्दै नागरिकले बोध गर्ने गरी सरकारले काम गर्ने पनि बताए । 

‘जनताको चाहना स्थिरता, विकास, समृद्धि र राहतसहितमा छ,’ सिंहले भने, ‘नागरिकको यस्तो चाहना पूर्तिको लागि विशेष जोड दिएर काम गर्छौ ।’

सिंह उपप्रधान एवं शहरी विकास मन्त्रीसहित कांग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्