१० साउन २०८३, आइतबार
नयाँ सरकार

पदभार ग्रहणका लागि सिंहदरबार पुगे प्रधानमन्त्री ओली

असार ३१, २०८१
काठमाडौं
पदभार ग्रहणका लागि सिंहदरबार पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली चौथो कार्यकालकाे शपथ लिएपछि पदभार ग्रहण गर्न सिंहदबारस्थित कार्यालय पुगेका छन् । 

साेमवार शपथपछि लैनचौरको शहिद स्मारक र केन्द्रीय कार्यालय च्यासलमा पुगेर सहिद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेपछि ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् । 

प्रधानमन्त्री कार्यालयमा सचिवसहित कर्मचारीले ओलीलाई स्वागत गरेका छन् । 

ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भएका थिए । 

ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुई–तिहाई बहुमतको हाराहारीको सरकारको नेतृत्व गरेका थिए ।

यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि नेकपा (एमाले)का अध्यक्ष ओली दुई–तिहाई मतसहितको प्रधानमन्त्री बनेका छन् । 

राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रमा सुधार ल्याउने, संविधानका कमजोरी सुधार्ने, नागरिकलाई डेलिभरी दिनेलगायत प्रतिबद्धता जनाउँदै दुई ठूला दलले सरकार बनाएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्