११ साउन २०८३, सोमबार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

असार ३१, २०८१
काठमाडौं
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्नेछ । 

उक्त बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

मुख्यमन्त्री जम्मकट्टेलको मन्त्रिपरिषद्‌मा एमालेका तर्फबाट समावेश पाँच मन्त्रीले सामूहिक राजीनामा  दिएपछि उनी अल्पमतमा परेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा रहेको सरकारमा अहिले माओवादीका दुई, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक गरी आठ जना मन्त्री छन् ।

salt training

कमेन्ट गर्नुहोस्