२९ असार २०८३, सोमबार

कानूनमन्त्री चौरसियाले गरे पदभार ग्रहण

असार ३१, २०८१
काठमाडौं
कानूनमन्त्री चौरसियाले गरे पदभार ग्रहण
फाइल फोटो

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन् ।​

पदबहालीपश्चात उनले जनतालाई न्याय मिल्ने गरी कानून निर्माण गर्ने बताए ।

'कानून बनाउने मन्त्रालय भएकाले विधेयकहरू कति छन्, हामीले बनाउनुपर्ने कानूनहरू कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानून बनाउँछौं,' मन्त्री चौरसियाले भने ।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रूपमा उनको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो ।

मधेश प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए ।

उनी २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्