
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भन्सार छली गरेको सुनजस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, 'एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा गएराति पक्राउ गरिएको हो ।'
घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद् भएको छ ।
थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।