०६ साउन २०८३, बुधबार

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

असार ३१, २०८१
कालीकोट
कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् ।

खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए ।  “प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्”, उनले भने, “स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनुभएको छ ।” 

वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन् ।  

salt training

कमेन्ट गर्नुहोस्