२५ जेठ २०८३, सोमबार

ओली सरकारले २४ घण्टासम्म मन्त्रिपरिषद्को निर्णय गोप्य राख्ने

साउन १, २०८१
काठमाडौं
ओली सरकारले २४ घण्टासम्म मन्त्रिपरिषद्को निर्णय गोप्य राख्ने

केपी ओली नेतृत्वको  सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य राख्ने भएको छ । 
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने निर्णय गरेको हो । त्यसअघि सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएकाले २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ । मन्त्रीहरुले पनि त्यसलाई बाहिर लैजान पाउँदैन, तर आजको निर्णय २४ घण्टापछि मात्र भन्नुपर्ने आजै भनिदो रहेछ । यो त गोपनियताको विपरीत हुन्छ । अब दोस्रो बैठकदेखि मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टा पछि मन्त्रालयबाट जानकारी गराइनेछ । 

 ओली सरकारको नेतृत्वमा रहँदा यसअघि पनि मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने अभ्यास थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्