२७ असार २०८३, शनिबार
बस बेपत्ता अपडेट

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः १४ शव भेटिए, बाँकीको खोजी बिहानैदेखि शुरू

साउन १, २०८१
काठमाडौं
त्रिशूलीमा दुई बस बेपत्ता घटनाः १४ शव भेटिए, बाँकीको खोजी बिहानैदेखि शुरू
फाइल तस्वीर ।

असार २८ गते शुक्रवार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजी जारी छ । मंगलवार पनि बिहानैदेखि खोज्न शुरू गरिएको छ ।

बिहान ७–८ बजेदेखि खोजी कार्य शुरू गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार हराएका ६२ जना यात्रुमध्ये १४ जनाको शव फेला परेको छ । तीमध्ये ७ जनाको सनाखत भएको छ ।  

खोजी कार्यका लागि सोमवार बिहानदेखि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य भइरहेको हो ।

नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार डिभाइस पानीमुनि साउन्ड वेब पठाइ त्यहाँ रहेका बस्तुहरूलाई स्क्यान गर्दै आकृतिको रुपमा देखाउने प्रविधि रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार धमिलो पानीमा पनि काम गर्नसक्ने यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेब तलसम्म रहेका बस्तुसम्म पुग्छ र स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने गरेको छ । यसमा मोटरबोट जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । 

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेका थिए । पहिरोले बगाएर दुवै बस त्रिशूली नदीमा खसेका थिए । 

बसमा सवार ६५ यात्रुमध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्