२१ जेठ २०८३, बिहीबार

परराष्ट्रमन्त्री राणालाई भारतीय र पाकिस्तानी समकक्षीले दिए बधाई

साउन १, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणालाई भारतीय र पाकिस्तानी समकक्षीले दिए बधाई

भारतका विदेशमन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेशमन्त्री जयशङ्करले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् । 

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले  पनि नेपाली समकक्षी डा राणालाई मंगलवार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको नेपालस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्