२१ जेठ २०८३, बिहीबार

सङ्खुवासभा पहिरो : दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

साउन १, २०८१
काठमाडौं
सङ्खुवासभा पहिरो : दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
फाइल फोटो

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।

ढुङ्गाले लागेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् । 

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्