०८ साउन २०८३, शुक्रबार
बधाई कार्यक्रममा प्रधानमन्त्री

विगतजस्तो पार्टीमा घेराबन्दी छैन, सरकार परिवर्तनले देशमा आशा जगाएको छ– ओली

साउन १, २०८१
काठमाडौं
विगतजस्तो पार्टीमा घेराबन्दी छैन, सरकार परिवर्तनले देशमा आशा जगाएको छ– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको सरकार परिवर्तनले सिंगै देशलाई नयाँ आशा जगाएको बताएका छन् । विगतमाजस्तो पार्टीभित्रको घेराबन्दी अहिले नरहेकोले काम गर्न सहज रहेको उनले बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पार्टीको सिन्धुपाल्चोक सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा ओलीले यसपटकको सरकार परिवर्तनले जनतामा नयाँ भरोसा पैदा गरेको बताएका हुन् । 

‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समय-समयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु– नेपाली जनतामा आशा, भरोसा जागेको छ,’ ओलीले भने ।

ओलीले आफूले प्रधानमन्त्रीको पद स्वीकार्नुको अर्थ केबल प्रधानमन्त्री हुनुका लागि मात्र नभएको बताए ।

उनले विगतमा जस्तो पार्टी भित्रबाट घेराबन्दी नरहेकोले काम गर्न सहज रहेको बताए । 

‘यस पटक मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन । मैले अप्ठयाराहरूसँग जुधेको छु । पार्टीभित्रका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु । घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरू पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्