
महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पोखरेलले दिएको राजीनामा मंगलबार स्वीकृत गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
