३० जेठ २०८३, शनिबार

राष्ट्रपति पौडेलले गरे तीन विधेयक प्रमाणीकरण

साउन १, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलले गरे तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन् । 
    
पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्