०४ असार २०८३, बिहीबार

पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्न कार्यदलले पायो १५ दिनको समय

साउन १, २०८१
काठमाडौं
पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्न कार्यदलले पायो १५ दिनको समय

समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ ।

आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ दिनभित्र दस्तावेज पेस गर्न कार्यदल बनाएको हो । 

पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।

'उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ,' उनले भने, 'प्रगतिशील र कम्युनिस्टसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको  छ ।'

salt training

कमेन्ट गर्नुहोस्