२९ असार २०८३, सोमबार

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

साउन २, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन् । बुधवार मन्त्री देउवाकै कार्यकक्षमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको उनले बताएका छन् । 

सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा भेटबारे जानकारी दिँदै उनले लेखेका छन्, 'माननीय विदेश मन्त्री डा. आरजु राणा देउवालाई भेट्न पाउँदा खुशी लाग्यो । नवनियुक्त विदेशमन्त्रीका रूपमा उहाँलाई हार्दिक बधाई छ ।' 

राजदूत सङले नेपाल चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी पनि भइरहेको जानकारी दिएका छन् ।  'भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं,' उनले लेखेका छन् ।

यसअघि परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार नै शिष्टाचार भेट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्