०३ साउन २०८३, आइतबार

कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ​

साउन २, २०८१
काठमाडौं
कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ​

लागुऔषध कोकिनसहित २ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नाइजेरियन नागरिक इकेचुकु साइरिल ओेबोडोउला र भारतीय नागरिक फहिमुद्दिम नसिमुद्दिन अन्सारी छन् ।

उनीहरूको साथबाट एक किलो एक सय ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पिंगलास्थानस्थित होटल बागमतीबाट नाइजेरियन नागरिक आबाडोउलालाई पक्राउ गरिएको थियो ।

उनले उक्त कोकिन काठमाडौं महानगरपालिका–२६ स्थित होटल हानामा भारतीय नागरिक अन्सारीलाई दिएको बयान दिएपछि प्रहरीले अन्सारीलाई समेत नियन्त्रणमा लिएको ब्यूरोका प्रमुख एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

प्रहरीले अन्सारीबाट ६२ वटा कोकिन पोको पारिएका क्याप्सुल बरामद गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्