११ साउन २०८३, सोमबार

सन् २०२५ देखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना

साउन ३, २०८१
काठमाडौं
सन् २०२५ देखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना

श्रीलंकाले सन् २०२५ जनवरीदेखि लागू हुनेगरी आफ्ना नागरिकहरूलाई ई–पासपोर्ट उपलब्ध गराउने योजना बनाएको अध्यागमन विभागले बताएको छ ।

विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ ।

यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि शुरू हुने विभागले जनाएको छ ।

विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ ।

यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो ।

सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्