१४ असार २०८३, आइतबार

महान्यायाधिवक्ता बडालले लिए शपथ

साउन ३, २०८१
काठमाडौं
महान्यायाधिवक्ता बडालले लिए शपथ

नवनियुक्त महान्यायाधिवक्ता डा रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

null

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले डा बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्