२६ असार २०८३, शुक्रबार

घटेनन् डेंगुका बिरामी, अझै दुई साता प्रकोप कायम रहने

कात्तिक २०, २०७४
घटेनन् डेंगुका बिरामी, अझै दुई साता प्रकोप कायम रहने
काठमाडौं, ८ कात्तिक– काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका विरामीको चाँप अझै घटेको छैन । अस्पतालमा बुधबार मात्रै १७ जना डेंगुका विरामी भर्ना भएका अस्पतालका निमित्त निर्देशक डाक्टर विमल शर्मा चालिसेले बताए ।

‘अस्पतालमा अहिले पनि डेंगुका विरामी घटेका छैनन् । धेरै विरामीहरु सर्लाही महोत्तरी बाट आएका छन् ।’ चालिसेले भने,‘डेंगुको प्रकोप भएका विभिन्न जिल्लाहरुबाट विरामी आउने क्रम अझै कम भएको छैन । ’

तराई तथा पहाडी जिल्लाहरुमा डेंगुको प्रकोप देखिएपछि सर्वसाधारण त्रसित भएर उपचारको लागि काठामाडौं नै आउने हुँदा टेकु अस्पतालमा विरामीको चाप नघटेको उनको भनाइ छ ।

‘जिल्ला अस्पतालहरुमा पनि बिरामीहरुको उपचार हुन्छ तर डेंगुको छुट्टैऔषधी उपचार नहुने र प्रकोपको रुपमा देखिएकाले बिरामीहरु आत्तिएर जिल्लाबाट काठमाडौं नै उपचारको लागि आउने गरेका छन् । अझै पनि डेंगुको संक्रमण रोकिएको छैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बैशाखदेखि असोज मसान्तसम्ममा १ सय २० जना डेंगुका विरामी भर्ना भइ उपचार गराइसकको अस्पतालको तत्थ्याङक छ ।

डेंगुको प्रकोप अझै दुई साता रहने

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि डेंगुको प्रकोप अझै दुई सातासम्म रहने जनाएको छ । यस वर्ष मनसुन ढिलो सकिएकाले डेंगुको प्रकोप कायमै रहेको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । उनले भने,‘ मनसुन सकिनै लागेको छ । अबको दुई साता पछि मात्रै डेंगुको प्रकोप कम हुन्न सक्छ ।’

यस वर्ष डेंगु संक्रमित बिरामीहरु झापामा धेरै रहेको महाशाखाका निर्देशक डा. आचार्यको भनाइ छ । उनका अनुसार तराई र पहाड का १८ ओटा जिल्लामा डेंगुको संक्रमण देखिएको थियो ।

गत जनावरी महिनादेखि अक्टुबरसम्ममा झापा, महोत्तरी, सर्लाही र धादिङमा मात्रै डेंगुको प्रकोप फैलिएको भएपनि र अन्य जिल्लामा भने डेंगु प्रकोपको रुपमा नरहेको पनि उनले बताए ।

जनावरी देखि अक्टुवर सम्ममा झापामा ३ सय ४१ जना, महोत्तरीको बार्दिबासमा १ सय ८९ जना, सर्लाहीको लालबन्दिमा १ सय ८ जना र धादिङमा ५० जनामा डेंगु भेटिएको थियो ।

उनले थपे,‘ यी जिल्ला सहित १८ जिल्लामा ८ सय ४५ जनामा डेंगुको संक्रमण थियो । यो प्रकोप मात्रै हो महामारी होइन । समयमै यसको नियन्त्रण गरिएको छ । सबै विरामीहरुको विभिन्न अस्पतालमा उपचार भइसकेको छ । केही विरामीहरु उपचारत नै छन् ।’

यस वर्ष डेंगुको संक्रमणबाट कसैको पनि मृत्यु नभएको उनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्