०६ साउन २०८३, बुधबार

बन्दीपुरमा चितुवाले एक बालकको ज्यान लियो

साउन ४, २०८१
काठमाडौं
बन्दीपुरमा चितुवाले एक बालकको ज्यान लियो
प्रतीकात्मक तस्वीर ।

दमौली–तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीवार साँझ एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । 

घरनजिकै चितुवाको आक्रमणमा परेका अछामीको बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भने, ‘साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।’ मृतक बालकको शव अस्पतालमा राखिएको छ । 

सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्