२८ जेठ २०८३, बिहीबार

वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी

साउन ४, २०८१
काठमाडौं
वर्षाका कारण बजारमा पाइन छाड्यो तरकारी

उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन्। 

बुधबार साँझ पत्र सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए । 
बिहीबार आमाको बार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, "आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुई वटा स्कुटर लिएर आयौं, बजारमा तरकारी नै छैन, आलु र तामा लिएर हिड्यौं।"  शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाइनन् । 

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुपर्ने बताउँछन्। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्