२१ जेठ २०८३, बिहीबार

शेख हसिनाको सम्बोधनपछि बंगलादेशमा थप हिंसा भड्कियो, अहिलेसम्म २५ जनाको मृत्यु

साउन ४, २०८१
काठमाडौं
शेख हसिनाको सम्बोधनपछि बंगलादेशमा थप हिंसा भड्कियो, अहिलेसम्म २५ जनाको मृत्यु

आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ ।

यसबाहेक सयौं मानिस घाइते भएका छन् । आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको छ बीबीसीले जनाएको छ । धेरै ठाउँमा प्रदर्शनकारीहरू प्रहरी बलसँग हिंसात्मक झडपमा आमनेसामने छन्।

देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ भने आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

विगत केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले १९७१ को मुक्ति संग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका थिए।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताको युद्ध लडेकाहरूलाई यहाँ मुक्ति योद्धा भनिन्छ। देशमा सरकारी जागिरको एक तिहाइ छोराछोरीका लागि आरक्षित छ।

यसविरुद्ध विगत केही दिनदेखि विद्यार्थीहरुले र्‍याली निकाल्दै आएका छन् । यो आरक्षण प्रणाली भेदभावपूर्ण भएको बरु योग्यताका आधारमा जागिर दिनुपर्ने विद्यार्थी बताउँछन् ।

यसैबीच प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रका नाममा सम्बोधन गरेपछि हिंसा थप भड्किएको छ । 

प्रदर्शनकारीले प्रधानमन्त्रीको सम्बोधन पछि 'पूर्ण बन्द' को आह्वान गरे। रातिदेखि नै देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन सुरु भएको छ ।

एकातिर आरक्षणको विरोध गर्नेहरू सडकमा उत्रिए भने अर्कोतिर सत्तारुढ दलका विभिन्न संघसंस्था पनि सडकमा उत्रिए । अहिलेको अवस्था हेर्दा बुधबार राति प्रधानमन्त्रीको सम्बोधनपछि विवाद झनै बढेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्