डिश मिडिया नेटवर्क लिमिटेडले 'माई डिशहोम' एप पुन: सञ्चालनमा ल्याएको छ ।
डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी यसको शुभारम्भ गरे ।
यो एप टीभी, इन्टरनेट र थप सेवाहरूको व्यवस्थापन गर्न डिजाइन गरिएको डिशहोमले जनाएको छ ।
एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधासहित आएको छ ।
बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटर/वाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पीपीभी खरिद, प्याकेज बूकिङ/खरिद, खाता प्रणाली सम्पादन र अन्य धेरै सुविधाहरू समावेश छन्।
'एप पुन: लञ्च भएसँगै हाम्रा ग्राहकलाई थप एकीकृत र प्रयोगकर्तामैत्री सुविधा र अनुभव प्राप्त हुने विश्वास लिएका छौं । हाम्रा सबै उत्पादन र सेवा सहजरूपमा स्व-व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास छ,' मानन्धरले भने ।
'माई डिशहोम' एप आईओएस एप स्टोर र एन्ड्रोइड प्लेस्टोर दुवैमा उपलब्ध छ ।
थप जानकारीका लागि र एप डाउनलोड गर्न, iOS एप स्टोर र एन्ड्रोइड प्ले स्टोरमा जानुहोस् र "माई डिशहोम" सर्च गरी डाउनलोड गर्नुहोस् । अथवा तलको लिंकमा थिच्नुहोस् ।
एन्ड्रोइडका लागि: https://play.google.com/store/apps/details?id=com.shirantech.dishhome&hl=en
आईओएसका लागि: https://apps.apple.com/np/app/mydishhome/id1396471022
थप अपडेट र घोषणाहरूका लागि डिश मिडिया नेटवर्कको सोसल मिडिया च्यानलहरूमा सम्पर्क गर्न सकिने बताइएको छ ।