![सन्दीप लामिछानेलाई निर्दोष सावित गर्ने यी हुन् उच्च अदालतका मुख्य आधार [पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/Sandeep_Lamichhane_2_u1fKx1M7Q6.jpg)
नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
उच्चले शुक्रबार सार्वजनिक गरेको पूर्णपाठमा परिस्थितिजन्य प्रमाणबाट लामिछानेमाथि गलाइएको आरोप पुष्टि नहुने उल्लेख गरिएको छ ।
'प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, उनको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौं इन होटलका सेक्युरिटी गार्ड राजन राणाले गरेको बकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरूसमेतबाट अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन नआएको,' फैसलाको पूर्णपाठमा उल्लेख छ ।
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याएको थियो ।
प्रतिवादीले अभियोग दाबीको कसुर गरेको अकाट्य प्रमाणको रूपमा मान्न मिल्ने नदेखिएको फैसलामा उल्लेख छ ।
२०८१ जेठ २ गते उच्च अदालत पाटनको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले उक्त फैसला गरेको थियो ।
यस्तो छ फैसलाको पूर्णपाठ