११ साउन २०८३, सोमबार

सुजाताले भनिन्– तीन कोइराला एक छौं, अब शेखर दाइको नेतृत्व

साउन ४, २०८१
काठमाडौं
सुजाताले भनिन्– तीन कोइराला एक छौं, अब शेखर दाइको नेतृत्व

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अब पार्टीका तीन जना कोइराला (शेखर, शशांक र सुजाता) एकजुट हुने बताएकी छिन् ।

शेखरसहित शुक्रबार पत्रकार सम्मेलन गर्दै कोइरालाले अबको नेतृत्व शेखर कोइरालाले गर्ने पनि बताइन् । शेखरले लिने लिडरसिपमा तीन जना नै कोइरालाको साथ रहने दाबी पनि उनले गरेकी छिन् ।

‘हामी तीन कोइरालाहरू एकजुट हुनुपर्छ । हाम्रो हजुरबुबा, बुवाहरूले जुन सपना देख्नुभएको थियो त्यो सपनालाई पूरा गर्नैपर्छ । त्यो पूरा गर्नको लागि शेखर दाले लिडरसिप लिनुभएको छ,’ सुजाताले भनिन्, ‘त्यो लिडरसिपलाई सबैले सहयोग गरिकन मुलुकलाई राम्रो निकास दिनुपर्छ । सबै जना मिल्नुपर्छ । झगडा गर्नुहुन्न । हामी तीन जना मिलेरै जान्छौं । कुनै किसिमको केही विवाद छैन ।’

कांग्रेसमा १३ र १४ औं महाधिवेशनमा तीन कोइरालाहरू एक ठाउँमा बसेका थिएनन् । 

१३ औं तीन कोइराला एकजुट भएर नलाग्दा रामचन्द्र पौडेल सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । तर महामन्त्रीमा शशांक भने पौडेल पक्षबाट जितेका थिए ।

१४ औं महाधिवेशनमा शेखर कोइराला देउवासँग भिडे । तर दोस्रो चरणमा पराजित हुन पुगे ।

पछिल्लो महाधिवेशनमा शेखरलाई शशांकले खुलेर साथ नै नदिएका हुन् । सुजातासमेत खुलेर शेखरको पक्षमा लागेकी थिइनन् । 

यस अघि शेखर, शशांक र सुजाताले तीन चारपटक नै सँगै खाना खाएर आफूहरूले मिलेर जाने बताउँदै आएका थिए । तर दाबी गरेजस्तो महाधिवेशनमा उनीहरू मिल्न सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्