२५ जेठ २०८३, सोमबार

सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

साउन ४, २०८१
काठमाडौं
सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

प्रहरीले भन्सार छली लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुनसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङ, बाग्लुङ नगरपालिका–४ का ३६ वर्षीय शम्शेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ का ३६ वर्षीय नुमबहादुर थापामगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ का ४३ वर्षीय साहेव देवन रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

प्रवक्ता कार्कीका अनुसार हिमालयन एयरलाइन्सको उडानद्वारा नेपाल आएका शम्शेर र नुम बहादुरलाई जनही रु नौ/नौ हजार दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त सुन साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ परेकाहरूका साथबाट प्रहरीले बाला दुई थान, औँठी एक थान र चन्द्र विन्दु एक थानसहित बिहीबार बिहान विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रवक्ता कार्कीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्