२४ असार २०८३, बुधबार

सशस्त्र प्रहरीसँग मेराे पुरानो साइनो छ : गृहमन्त्री

साउन ४, २०८१
काठमाडौं
सशस्त्र प्रहरीसँग मेराे पुरानो साइनो छ : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीसँग आफ्नाे पुरानो साइनो रहेको बताएका छन् ।  सशस्त्र प्रहरी बल नेपालकाे केन्द्रीय कार्यालय हलचाेकमा निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले शुक्रबार यस्तो बताएका हुन् । 


२३ बर्षअघि सशस्त्र प्रहरी बलकाे जन्म अध्यादेशबाट भएकाे स्मरण गर्दै गृहमन्त्री लेखकले भने, 'सशस्त्र प्रहरीकाे स्थापना भएकाे केही समयपछि देशमा द्वन्द्व सुरु हुँदा सशस्त्र प्रहरीले प्रमुख भूमिका मुख्य रह्याे । नेपालकाे सुरक्षा बलकाे शक्तिले शान्ति सम्झाैता भयाे । सबैभन्दा पछि जन्मकाे संगठनले सबैभन्दा धैरे याेग्दान गर्याे ।'

सशस्त्र प्रहरी बलकाे सुदृढीकरण र वृद्धि विकासका लागि गृह मन्त्रालय साथमा रहने पनि उनले बताए । 

यस्तै सरकारकाे अहिलेकाे प्राथमिकता सुरक्षा निकायका कानुनलाई समसमायिक संशोधन गर्ने रहेकाे गृहमन्त्री लेखकले बताए । 

निरीक्षण कार्यक्रममा गृह सचिव एक नारायण अर्यालले गृह मन्त्रालय सशस्त्र प्रहरी बल नेपालकाे साथमा रहने बताए ।  
यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नाे काममार्फत जन-मनमा बस्न सफल भएकाे भएकाे बताए । 

salt training

कमेन्ट गर्नुहोस्