![पर्यटकको रोजाइमा 'कोरी' [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/kori_2_ANOw1mZibn.jpg)
कास्कीको मादी गाउँपालिका-१ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहानेहरूका निम्ति खास गन्तव्य बन्दै गएको छ । पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्दै गएका छन् ।

सिक्लेसबाट शुरू हुने पहिलो दिनको पैदल यात्रा त्यति सहज भने छैन, तर अहिले जलविद्युत उत्पादनका लागि सडक पुगेको हुनाले जीपमा यात्रा गर्न भने सकिन्छ । कोरीसम्म भने सडक पुगेको छैन ।

सिक्लेसपछिको पहिलो रातको बसाइ भने तसा खर्कमा हुन्छ । तसा खर्कको होटलमा अर्को दिनको बिहानको खाजा खाई यात्रा कोरीतर्फको यात्रा फेरि शुरू हुन्छ ।

करिब ३ घण्टाको जंगलको यात्रापछि खाना/खाजा को लागि च्येका ल्हिमा पुगिन्छ । च्येका ल्हिमा खाना/खाजा खाएपछि भने यात्रामा उकालो बाटोको शुरूआत हुन्छ ।

करिब ३००० देखि ३५०० मिटरको उचाइ चारैतिर मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ ।








क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी