२६ असार २०८३, शुक्रबार

रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

साउन ५, २०८१
काठमाडौं
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

नयाँ दिल्ली– रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू अमेरिकाको सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो । 

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिसको प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई–११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ)को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले बताएको छ । 
 
उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालयलगायत अन्य सहयोगी निकायहरूलाई धन्यवाद दिएको छ ।

यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका  विमानका यात्रुहरूलाई सान फ्रान्सिस्को पुर्याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्