०३ असार २०८३, बुधबार

सर्पको टोकाइबाट गम्भीर घाइते भएका युवकको हेलिकप्टरबाट उद्धार

साउन ५, २०८१
कालीकोट
सर्पको टोकाइबाट गम्भीर घाइते भएका युवकको हेलिकप्टरबाट उद्धार

​सर्पको टोकाइबाट गम्भीर घाइते भएका एक जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको हो ।

शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो ।

आज बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पतालमा सर्प दंशको उपचार सेवा नभएकाले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

'हवाई उद्धारको शुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो,' उनले भने, 'जिल्लामा सर्प दंशको उपचार नहुँदा समस्या भएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्